महेन्द्रनगर । धनगढी उपमहानगरपालिका १९ फुलवारीस्थित एक सहकारीमा चोरी भएको छ । हिजो राति सुर्मा साईपाल ऋण तथा बचत सहकारीको फूलवारी शाखामा ताल्चा तोडेर अज्ञात समूहले चोरी गरेको छ । उक्त सहकारीको लकरमा राखिएको एक लाख ९७ हजार ६ सय ४८ रकम चोरी भएको बताइएको छ । प्रहरीले चोरको खोजतलास भईरहेको बताएको छ ।
.gif)