आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

गुगुल्डि वाङ्मय प्रतिष्ठानले आइना बातइ प्रतियोगिता गरी मनायो पुस पन्ध्र


पश्चिम प्रेस
शुक्रबार, पुस १५ २०७९
  • 763
    Shares

  • images
    images
    गुगुल्डि वाङ्मय प्रतिष्ठानले आइना बातइ प्रतियोगिता गरी मनायो पुस पन्ध्र

    महेन्द्रनगर । गुगुल्डि वाङ्मय प्रतिष्ठानले आज आइना बातइ प्रतियोगिता गरी पुस पन्ध्र मनाएको छ । प्रतियोगितामा कञ्चनपुरस्थित विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । भीमदत्त नगरपालिकामा भएको उक्त प्रतियोगितामा ज्ञान दीप विद्या मन्दिरले प्रथम, ग्वाल्लेक नव बाल किरण सेकेन्ड्री स्कुलले द्वितीय, राष्ट्रिय बाल विद्यालयले तृतीय तथा जानकी कन्या मावि र महेन्द्रनगर माविले सान्त्वना पुरस्कार हात पारेका छन्।। सुदूरपश्चिम विश्वविद्यालय भाषा साहितय तथा  संस्कृति विभागका प्रमुख डा. हरिशचन्द्र भट्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा दर्जनौँ साहित्यकार तथा संस्कृतिकर्मीहरुले आआफ्ना प्रस्तुति राख्नुको साथै डोट्याली भाषामा रचना वाचन समेत गरेका थिए । कार्यक्रममा मित्रराष्ट्र भारतका साहित्यकारहरुको समेत सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष वीर बहादुर चन्द विश्रामको अध्यक्षतामा भएको उक्त कार्यक्रम उद्घाटन, आइना बातै प्रतियोगिता र रचनावाचन गरी तीन चरणमा गरिएको थियो । डोट्याली भाषामा सचालन भएको उक्त कार्यक्रम जदीश ओझा, रमेश पन्त मीतन्धु र कविराज भट्टले सञ्चालन गरेका थिए भने डम्बर शर्मा बडूले स्वागत मन्तव्य राखेका थिए  । यस्ता कार्यक्रमले आउने पुस्तालाई संस्कृतिको हस्तान्तरण का साथै लोकसाहित्यको ज्ञान विस्तार हुने कुरा प्रमुख अतिथि डा. हरिश चन्द्र भट्टले ले बताउनुभयो । उहाँले भन्नुभयो यस्ता कार्यक्रमका लागि विश्वविद्यालय सधैँ सकारात्मक रहेको र आउँदा दिनमा यस्ता प्रागिक अनुसन्धानका लागि कार्ययोजना बनाइरहेको छ  । 


    प्रतिक्रिया दिनुहोस