सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा मल कारखाना सञ्चालनमा


पश्चिम प्रेस
बुधबार, असोज ६ २०७८
  • 665
    Shares

  • images
    images
    कञ्चनपुरमा मल कारखाना सञ्चालनमा

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थीत बालुवाफाँटामा रासायनिक मल काराखाना सञ्चालनमा आउने भएको छ ।निजी क्षेत्रको १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले स्वदेशी कच्चा पदार्थमा आधारित मल कारखाना सञ्चालन गर्न लागेको हो । कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    पोटास मल असारदेखि उत्पादन गर्ने र मङ्सिर, पुसभित्र अरु दुई मल उत्पादनको तयारी रहेको कारखानाका सञ्चालक उमाकान्त जोशीले बताए । उनले मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उनले बताए ।

    कारखानाले वार्षिक रूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ । कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताए । बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हँुदै आएको बताउँदै उनले मल कारखानाले गुणस्तरीय मल उत्पादन गरे सुदूरपश्चिम प्रदेशका किसानले राहत पाउने बताए ।


    प्रतिक्रिया दिनुहोस