आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन


पश्चिम प्रेस
शुक्रबार, माघ २७ २०७९
  • 653
    Shares

  • images
    images
    सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्। । शुक्रबार अपरान्ह प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।


    नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेता शाह विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यो सँगै कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन्। । यसअघिका मुख्यमन्त्रीलाई समर्थन गरेको ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म कसैलाई पनि समर्थन नगर्ने बताइरहेको छ। जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीको छ।


    प्रदेश सभामा कांग्रेसका १९ सांसद छन्। माओवादीका सभामुखसहित ११, नेकपा एमालेका उपसभामुखसहित १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १ र एकीकृत समाजवादीका ४ जना सांसद र १ जना स्वतन्त्र सासंद छन्।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस