सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहको अध्ययन पुरा, १५ अर्वमा निर्माण कार्य सुरु हुदै


पश्चिम प्रेस
सोमबार, फागुन ८ २०७९
  • 988
    Shares

  • images
    images
    दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहको अध्ययन पुरा, १५ अर्वमा निर्माण कार्य सुरु हुदै

    महेन्द्रनगर । महाकाली पारीको दोधारा–चाँदनी क्षेत्रमा आइसीपी र ड्राइपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययनको काम पुरा भएको छ । सुक्खा बन्दरगाह (ड्राइपोर्ट) तथा एकीकृत जाँच चौकी (आईसीपी)को सम्भाव्यता अध्ययन पूरा भएको हो ।

    दोधारा–चाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा एकीकृत जाँच चौकी–आइसीपी बनाउन प्रस्ताव गरिएको छ। झण्डै दुई सय ८० बिगाहा क्षेत्रफलमा बन्ने आईसीपीमा भन्सार, बैंक, गोदाम, जाँचपास, सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइनलगायतका आवश्यक भौतिक संरचना बन्ने गरी अध्ययन पुरा भएको हो । 

    केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोलीले प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको स्थलगत अवलोकन गरेका थिए। दाहाल यसअघि प्रधानमन्त्री हुँदा २०७३ मंसिरमा दोधारा–चाँदनीकै कञ्जभोजमा निर्माण प्रस्ताव गरिएको थियो। तर त्यहाँ ठूलो मानवबस्ती उठाउनु पर्ने भएपछि गौरीशंकर र मायापुरी सामुदायिक वन क्षेत्रमा परियोजना प्रस्ताव गरिएको हो । उहाले फगुन १ गते कञ्चनपुर पर्यटन महोत्सवमा सम्बोधन गर्दै यो राष्ट्रिय गौरवकै योजना भएको कारण समग्र सुदूरपश्चिमसँगै देशलाई नै यसले आर्थिक क्षेत्रमा टेवा पु¥याउने बताउनु भएको थियो । 
    पहिलो चरणमा ७ र दोस्रो चरणमा ८ अर्ब गरी परियोजनाको कुल लागत १५ अर्ब रहेको छ। सुक्खा बन्दरगाह र आईपीसी बन्ने भएपछि सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ। 

    तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको परियोजनाको पहिलो फेजको लागत ६ अर्ब ९८ करोड  १६ लाख हुने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।


  • सम्बन्धित विषय:

  • # सुक्खा बन्दरगाह
  • प्रतिक्रिया दिनुहोस