शनिबार, कात्तिक ८ गते २०८३ || Oct 24, 2026
  • यो साता चर्चामा :

सत्र वर्षीया सुत्केरीको मृत्यु


पश्चिम प्रेस
शुक्रबार, फागुन २६ २०७९
  • 492
    Shares

  • images
    images
    सत्र वर्षीया सुत्केरीको मृत्यु

    बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहार घरमा दुई वटा शिशु जन्माएकि उनको स्वास्थ्यमा समस्या देखिएपछि अछामको बयलपाटा अस्पतालमा लादै गर्दा बाटोमा मृत्यु भएको हो।

    घरमै एक छोरी जन्माएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले बिहिवार दिउँसो बह्रमतोला स्वास्थ्य चौकी पुर्योएका थिए र उनले अस्पतालमा अर्की छोरीलाई पनि जन्म दिइन् । उनलाई रक्तस्राव भएपछि स्वास्थ्य केन्द्रले बयलपाटा रिफर गरिएको थियो । अत्याधिक रक्तस्रावका कारणले अस्पताल नपुग्दै बाटोमै उनको मृत्यु भएको हो,उनकी एउटी छोरीको पनि मृत्यु भइसकेको छ । 


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस