धनगढी । धनगढी खबरका पत्रकार शेर बहादुर ऐरमाथी कुटपिट भएको छ । कुटपिटमा परी उनको टाउकामा गहिरो चोट लागेको छ ।
शनिवार राति धनगढीको रुबस होटलमा भएको कुटपिटमा ऐरको टाउकोमा धारिलो हतियारले प्रहार हुदा गहिरो चोट लागेको हो । शनिवार राति सेती प्रादेशिक अस्पताल पुगाएर उपचार गराउदा टाउकोमा पाँच वटा टाँका लागेका छन । कुटपिटकै क्रममा धारिलो हतियार वा सिसाले आक्रमण गरेको हुन सक्नेअनुमान गरिएको छ ।
आक्रमण किन भएको भन्ने कुरा खुल्न नसकेपनि समाचारको विषयलाई लिएर अस्पताल व्यवसायी तथा औषधि व्यवसायीहरुले पत्रकार ऐरमाथि गरेको हुन सक्ने अनुमान गर्दै कैलाली प्रहरीलाई मौखिक जानकारी दिइएको छ ।
उक्त घटनाको थप अनुसन्धान भने आज (आइतवार) हुने पत्रकार महासंघ कैलालीले जनाएको छ ।
.gif)