महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषध चरेस सहित एक जनालाई पका्रउ गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका –६ स्थित मौरीफाटाका रमेश लुहारलाई पक्राउ गरिएको हो । बेचविखनका लागि घरबाट लुकाई राखेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले उनको घरमा खानतलासी गर्दा पलङको डसना मुनी कालो पलाष्टिकमा लुकाई राखेको ०.३६० किलो लागुऔषध चरेस बरामद गरेको हो । कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)