मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

दार्चुलामा चट्याङ लागेर छोराको मृत्यु, आमा घाइते


पश्चिम प्रेस
मंगलबार, वैशाख २६ २०८०
  • 1.7K
    Shares

  • images
    images
    दार्चुलामा चट्याङ लागेर छोराको मृत्यु, आमा घाइते

    दार्चुला । दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । 
     
    जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ बर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन । साथै चट्याङ लागेर नरेश खत्रीकी आमा अन्दाजी ३९ बर्षीया मीना खत्री र ३० बर्षीय कुमार खत्री घाइते भएका छन । 
     
    सोमबार साँझ साढे ६ बजेतिर खेतमा काम गरिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो । चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ । 
     
    चट्याङबाट घाइते भएका तीनैजनालाई गोकुलेश्वर अस्पताल पुर्याउँदा नरेश खत्रीलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # चट्याङ
  • प्रतिक्रिया दिनुहोस