भारतीय गाइका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । उनलाई केही दिन यता कोभिड संक्रमणका कारण मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको आइसियुमा राखी उपचार गरिँदै आएको थियो । उपचारकै क्रममा आइतबार बिहान ८ः१२ बजे उनको निधन भएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दौरमा जन्मिएकी लता मंगेशकरले १३ वर्षकै उमेरमा गीत रेकर्ड गर्न सुरु गरेकी थिइन । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी लताले आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित समेत भएकी थिइन् ।
.gif)