क्यारी मिनाटी भारतमा सबैभन्दा सफल युट्युबर मध्ये एक हुन् । जसका प्रशंसक नेपाललगायतत पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका लगायत देशमा एसियाका धेरै देशहरुमा छन । साना बालबालिकादेखि युवा पुस्तासम्म सबैले चिन्ने नाम हो क्यारी मिनाटी ।
२४ वर्षका उनको युट्युब च्यानलमा करिब ४ करोड सब्स्क्राइबर छन् ।
आफ्नो वास्तविक नाम भन्दा पनि युटुबको नामले परिचित छन उनि । क्यारीको वास्तविक नाम अजय नगर हो । उनी आफ्नो कमेडी स्टाइल र रोस्ट भिडिओका लागि परिचित छन्। कोरोनाको बेला रोस्ट गरेको एक भिडियोमा उनले भनेको ’असम्भव’ सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनको एउटै भिडियोलाई करोडौँ दर्शकहरुले रुचाएका हुन्छन् । उनले भारतमा टिकटक बन्दको बहस चलिरहँदा बनाएको भिडियो ‘युट्युब भर्सेस टिकटक- द एन्ड’ निकै रुचाइएको थियो, त्यसपछि उनका सब्स्क्राइबर पनि ह्वात्तै बढेका थिए ।
क्यारी १० वर्षको उमेरमै युट्युब दुनियाँमा प्रवेश गरेका कैरी आफ्नो लगन र मिहिनेतले अहिले यो उचाईमा पुग्न सफल भएका छन । युट्युबबाहेक उनी बलिउड फिल्ममा पनि देखिइसकेका छन्, अजय देवगानको रनवेमा उनको पनि भूमिका थियो । साथै उनले आफ्नै म्युकि भिडियोहरु पनि बनाउने गरेका छन । यसैमध्ये उनले गाउको यलगार गीत ३३ करोड बढी दर्शकले रुचाएका छन् ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार युट्युबबाट उनको मासिक आम्दानी ४० लाख रुपैयाँ (२५ लाख भारु) रहेको छ, जुन ठूला कर्पोरेट कम्पनीका सीईओको भन्दा धेरै हो । उनको कुल सम्पत्ति ५१ करोड २० लाख रुपैयाँ (३२ करोड भारु) रहेको सञ्चार माध्यमले उल्लेख गरेका छन्।
अर्कोतर्फ, देशका यी टप युट्युबरको नेटवर्थको कुरा गर्ने हो भने ‘क्यारी मिनाटी’को कुल सम्पत्ति ३२ करोड रुपैयाँ स्रोतले जनाएका छन । केरी मिनाटीले बलिउड स्टार सन्नी देओल र ऋतिक रोशनको नक्कल पनि राम्रोसँग गरेका छन् ।
.gif)