बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा


पश्चिम प्रेस
बिहीबार , असार १४ २०८०
  • 561
    Shares

  • images
    images
    पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा

    बैतडी । वर्षाका कारण सडक माथिबाट खसेको पहिराले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा आएको छ।  राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।  

    सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि आज बिहादेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिए। पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र घण्टौदेखि रोकिएका सवारीसाधन अलपत्र रहेका यात्रु खुसी हुदै गन्तव्यतर्फ लागेका छन्।  

    लामो समयको खडेरीपछि मनुसुनी वर्षा शुरु भएसंगै पहिरोका कारण सडक, विद्यालय लगायतका संरचनाहरुमा क्षति पुग्न थालेको छ। यसअघि असार १० गते पनि जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।  

     


  • सम्बन्धित विषय:

  • # जयपृथ्वी राजमार्ग
  • प्रतिक्रिया दिनुहोस