बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

बलात्कार आरोप लागेका मालिकार्जुन—३ का वडा अध्यक्ष पुर्पक्षका लागि कारागार चलान


पश्चिम प्रेस
शुक्रबार, असार १५ २०८०
  • 642
    Shares

  • images
    images
    बलात्कार आरोप लागेका मालिकार्जुन—३ का वडा अध्यक्ष पुर्पक्षका लागि कारागार चलान

    दार्चुला । महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका थियो । अदालतको आदेश अनुसार बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो ।

    प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामी उनीमाथी अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । उनिमाथी गाउँकै एक महिलामाथ्ी गत माघ २० गते राती घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो ।

    धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

     

     

     


  • सम्बन्धित विषय:

  • # कारागार चलान
  • प्रतिक्रिया दिनुहोस