महेन्द्रनगर । गुगुल्डि वाङ्मय प्रतिष्ठानले आज आफ्नो छैटौं तथा गुगुल्डि मासिक पत्रिकाको २६ औँ वर्ष प्रवेशको अवसरमा विभिन्न साहित्यिक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । महेन्द्रनगरको गंगोत्री होटलको सभाकक्षमा भएको उक्त कार्यक्रममा गुगुल्डि वाङ्मय प्रतिष्ठानले हरेक वर्ष वितरण गर्दै आइरहेका विभिन्न पुरस्कार र सम्मान समेत वितरण गरेको छ । वरिष्ट साहित्यकार पञ्चमराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गुगुल्डि न्वाकि मानपान २०८० साहित्यकार कृष्ण पेला, ग्वाल्लेक गौरव लछु डुणि चन्द स्मृति मानपान डा. नारायणी भट्ट, माल महिम राम रतन सम्मान २०८० लछिधन अधिकारी, मनोहर वसन्ती गजाधर स्मृति मानपान २०८०, कौशल्या कु. देवी कर्ण बहादुर स्मृति मानपान पदम सार्की हेमन्त लाई प्रदान गरिएको छ । प्रतिष्ठानका कार्यकारी अध्यक्ष लक्ष्मी प्रसाद भट्टको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा कार्यक्रममा गुगुल्डि वाङ्मय प्रसितष्ठानका सचिव जगदीश ओझाले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी रणनीति प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा कविराज भट्टद्वारा लिखित चैला गैग्या कुरा रैग्या नामक डोट्याली किस्सा संग्रहको विमोचन गरिएको थियो । उक्त कृतिमाथि साहित्यकार डम्बर शर्मा बडूले समीक्षात्मक मन्तव्य राखेका थिए भने साहित्यकार कृष्ण पेला, हेमबाबु लेखक, चन्द्रकला पन्त, नारा जेशी, प्रेम प्रकास कलौनी, धर्मानन्द भट्ट, पुरन दयाल, कविराज भट्ट, हिरा भट्ट, पदम सार्की,खिमानन्द बडू, ल्क्ष्मी पन्त लगायतका कविहरुले चरना वाचन गरेका थिए । साहित्यकार रमेश पन्त मीतबन्धुले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ट साहितयकार पञ्चमराज भट्टले डोट्याली भाषाको इतिहास लगायत डोट्याली लोकसाहितय एवम् यसको विकासको बारेमा बोल्दै वर्तमान समयमा हाम्रो भाषा संस्कृतिलाई राज्यबाट टुक्र्याउन खोजिएको र यसबारे सबैले सचेत रहनुपर्ने कुरा व्यक्त गरे । उनले भाषा नामाकरणका सन्दर्भमा बोल्दै यसको नाम डोट्याली नै हुनुपर्ने विभिन्न ऐतिहासिक र सांस्कृतिक तर्कहरु प्रस्तुत गर्नुभयो ।
.gif)