बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

अछाममा घाँस काट्न गएकी अमृताको ढुङ्गाले लागेर मृत्यु


पश्चिम प्रेस
बुधबार, असार २७ २०८०
  • 645
    Shares

  • images
    images
    अछाममा घाँस काट्न गएकी अमृताको ढुङ्गाले लागेर मृत्यु

    अछाम । अछाममा घाँस काट्न गएकी बालिकाको ढुङ्गाले लागेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिका–१ सिउडी निवासी १५ वर्षीया अमृता साउदको मङ्गलबार बेलुकी मृत्यु भएको हो । 

    वडामै रहेको देवल्छडा सामुदायिक वनमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको वडा अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए। 

    मृतक साउद बिहान कक्षा ८ को त्रैमासिक परीक्षा दिएर घरबाट खाना खाएर बेलुकी घाँस काट्न गएकी थिइन् । साउद स्थानीय सिउडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। 

     


  • सम्बन्धित विषय:

  • # ढुङ्गाले लागेर मृत्यु
  • प्रतिक्रिया दिनुहोस