महेन्द्रनगर । नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालयका नियुक्ति खारेजीको माग गर्दै आन्दोलमा उत्रिएको छ । बिहिबार महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै विश्वविद्यालयका अवैधानिक नियुक्ति खारेजीको माग गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालयमा डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायत पदको नियुक्तिप्रति असन्तुष्ट भएका विद्यार्थी संगठनले गत पुसमा महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरेका छन ।
.gif)