सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

वेदकोट सामुदायिक पुस्ताकालयले मनायो २१० औं भानु जयन्ती


पश्चिम प्रेस
शुक्रबार, असार २९ २०८०
  • 866
    Shares

  • images
    images
    वेदकोट सामुदायिक पुस्ताकालयले मनायो २१० औं भानु जयन्ती


    कञ्चनपुर । वेदकोट सामुदायिक पुस्तकालयले मानसखण्ड फाउण्डेसनको सहकार्यमा २१० औं भानु जयन्तीका अवसरमा स्रष्टा सम्मान तथा रचना वाचन गरी भानु जयन्ती मनाएको छ । वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वेदकोट नगरपालिकामा रही भाषा, कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आइरहेका विभिन्न सर्जकहरुलाई सममान गरेको छ । सम्मान पाउनुहुनेमा साहित्यकार कल्यान ओझा, नारायण गिरी, रामदत्त जोशी, कर्ण बहादुर शाही, इन्द्रमल्ल रहेका थिए । वेदकोट सामुदायिक पुस्तकालयका अध्यक्ष हिक्मत बहादुर सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार जगदीश ओझा र आचार्य घनश्याम लेखकले आदिकविको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए भने साहित्यकार कविराज भट्टले सुरेश चन्द ठकुरी सहयात्रीद्वारा लिखित डोट्याली छन्द कविता संग्रह गुमुर्लीमाथि समीक्षात्मक विमर्श गरेका थिए । कार्यक्रमका संयोजक तथा पुस्तकालयका कोषाध्यक्ष राकेश चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकार साहित्यिक पत्रकार संघ सुदूरपश्चिमका अध्यक्ष डम्बर शर्मा बडू, मानसखण्ड फाउण्डेसनका अध्यक्ष नारा जोशी, प्रगतिशील लेखक संघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश पन्त मीतबन्धु, साहित्यकार चन्द्रकला पन्त, प्रेमप्रकाश कलौनी, अमित प्रसाद भट्ट, खिमानन्द बडू, नारायण लम्साल, पदम सार्की, लक्ष्मी प्रसाद भट्ट लगायत दर्जनौँ स्रष्टाहरुले रचनावाचन गरेका थिए । कार्यक्रमको अन्तमा सुदूरपश्चिमको मौलिक पहिचान झल्काउने डेउडा खेल समेत खेलिएको थियो । 


    प्रतिक्रिया दिनुहोस