संसार भरिमाइ थरिथरिका लोकभाषा प्रचलित छन् । तनुइ मध्ये एक डोट्याली भाषा लै हो । अच्यालका सुदूरपश्चिम नेपालका ऐतिहासिक डोटी राज्यकालीन अवस्थाबठे विकास होइबरे आएकी यो भाषा कुमाउनी लै रे सिजाली भाषासित लै नजिकको सम्बन्ध राखन्छे । आठौ शताव्दि बठे है जब पश्चिम बठे है पूर्वतिर वैदिक आर्य सभ्यताको प्रसार हुनपस्यो तब बटि है अइलसमम बाँचिरयि एइ क्षेत्रकि लोकभाषा संस्कृत सौरसेनी, पाञ्चाली, खस जा प्राकृत भाषान मिलिबरे एइ भाषाको विकास भयो धेकिन्छ । जब एइ ठौर बटि है मान्स और ठौर सद्दाइ गया तब सङ्ङै यो भाषा लै फैलिनि जान्नाछे । कर्णली पूर्व जाइबरे सिजाली रे डोट्याली भाषा नेपालीकि मतारि भाषा भइन ।
एक समृद्ध लोकभाषामाइ हुनपड्या लोकवाङ्मय (साहित्य) एइ भाषामाइ प्रसस्त छ । लोकसाहित्यमाइ एक हजार है लै झिक वर्ष लामो एइ भाषा साहित्यको जो भणार छ तो सपै आँजि खोज्जु रे जोगुन नाइसकिरयो । तैमाइ प्रयास जारि छन् लै त भाषिक संक्रमण वटि है एइ भाषाको मौलिक रुप बचाइबरे आधुनिक साहित्य विकास गद्दु लै भौत जरुडि़ छ । एइ भाषाका अनेकन लोक आधुनिक विधा, उपविधा छन् जैमाइको एक विधा लोकोक्ति हो भण्या अर्खितिर तसैसित साइनो गाँछिया कथा लै हो । पैलि बातै भणन्थ्या, अच्याल कथा लै भण्णान । हिन्दी, कुमाउन िभाषामाइ भणिन्या किस्सा लै एइ भाषा साहित्यको एक चाल हो । किससा, कथा, कहानी, बातै, उसाउसाइ शव्द मानिनान । यिन फरक हुन लै भण्णन लै त किससा भण्यो एकै मान्स या घटनासित सम्बन्ध भयो वर्णनात्मक कथन या एक कसै विन्दु( कुरडि़) सितकि एक नानी कहानी हो ।
इसै सन्दर्भमाइ सुदूरपश्चिमका साहित्यमाइ उदान लारया एक ज्वान कविराज भट्ट जो छन्दबद्ध कविता सङ्ङै डोट्याली भाषाका लोक वाङ्मयसित भौतै रुचि राखिबरे अफनि कलम चलौनान । उनरो डोट्याली किस्सानको एक थोपडो चेला गैग्या कुरा रैग्या छापिन लारया कुरडि़ले भौत हर्क लाग्यो । उनले तयार पाड्या एइ किस्सानका संकलनमाइ ५१ किस्सा हमरा ऐतिर लौन्या जमर्को गरिराखिछ । तो भौत चावासिउको काम छ ।
यिन किस्सानकि तिर डिठ लौन्ज्याँ डोट्याली भाषाका लोकोक्ति (उखान) को उत्पत्तिको प्रसङ्ग या कथानक रुपमाइ तनरो प्रयोग गद्या प्रयास गरिराखिछ । लौकिक भाषा व्यवहारमाइ रया उखान एक सुत्रका रुपमाइ हुनान, तनरा पैतिर केइनुन केइ सन्दर्भ प्रसङ्ग जोडिया हुन्छ। यिन किससानको तात्कालिक अवस्थासमम पुगिबरे उखान उत्पत्तिका सन्दर्भमाइ कुरडि़ धेकौन्या प्रयास एइमाइ जो होइरैछ तो एक खोजमूलक काम हो । यो एइको एक चाल हो भण्या अर्खातिर यिन आफूइमाइ एक लघुकथा (नाःनी बातै) लै हुन् । उखान, किस्सा कस्या सिर्जना भयो ? तै को पृष्ठभूमि कि थ्यो? सपै मान्स नाइजाण्णा । पाछापाछा उखान एक भणाइका रुपमाइ मात्तरै रनान, मान्स तैको व्यञ्जना रे लाक्षणिक अर्थका आधारमाइ मात्तरि प्रयोगमाइ लिउनान । वास्तविक रुपमाइ किस्सा कस्याँ रयो हो तै बटि है मान्स टाडिन्नारया बेला चेला गैग्या, कुरा रैग्या माइ सङ्कलित किस्सानले इतिहास खोज्या काम लै गरिरिखिछ ।
किस्सा भण्या आफुइमाइ सर्वस्वीकृत कथन हुन यिनरो भाषिक साहित्यिक महत्व मात्तर नाइ हुनो । यिनले इतिहास, सामाजिक, सांस्कृतिक प्रवृत्ति रे घटना लै बतौनान । थोक्काइ शव्दमाइ यिन समाज तक्दाइ बन्या झ्याल लै हुन । किस्सानथाइ कोइकोइ मनोरञ्जनकि लेखाइ लेखिया कथात्मक वृत्ति रे मनगढन्त कहानी लै भण्णान, कविराज भट्टले थोपडि़बरे लेखय किससा तसा नाइथिन, भौतजसा किस्सा वास्तविकतामाइ आधारित छन् जो समाजै विशेष घटना हुन । कसै किस्सानमाइ अठोइ बातै लै होइसकन्छे । किस्सा घटना मात्तरै नाइबतौना, तनमाइ विशेष सन्देश बोकेकि अर्ति हुन्छे, सीक हुन्छे, समाजलाई सुदाद्या रे नैतिकवान बनौन्या बाटा धेकौन्या लै किस्सा हुनान ।
डोट्याली लोकजीवनमाइ बाँचिरया हजारौँ किस्सा छन् । गाउँगाउँ ठौरठौर अनेक किस्सा छन्, जैको महत्व अइलकि समाज रे सभ्यता सुन्नर बनौनाइ यिनरो संरक्षण गद्दु लै जरुडि़ छ । याँ कि बोलि, भाषा रे तैको साहित्य बचौनाकि लेखाइ लै डोट्याली किस्सा लेख्द्या काम सपैले गद्द पडन्छ । कविाज भट्टले लेख्याका यिन किस्सानले किस्सा मात्तरी नाइ रे डोटेयाली भाषाको लेखन रे कृति प्रकाशनमाइ लै महत्वपूर्ण योगदान गरिराखिछ । एइ कृतिले एकतिर किस्सानको खोज, सङ्कलन रे अर्खातिर तन किस्सानको उत्पत्तिको प्रसङग खोजया काम गरिराखिछ भण्या तसैसित तन किस्सानमाइ जोडियाका घटना, प्रसङ्गले हमरा पुर्खानको लोकजीवनको झल्को दिइराखिछ । तसेरी यिनमाइ भयाका सन्देश रे अर्तिका माध्यमले समाज सुधारमाइ लै यिनरो विशेष महत्व छ । साहित्य रे लोकसाहितयका हिसाबले त यो एक भौतुइ बडिया कृति बनेकि महशुष हुन्छे । यो एक निको प्रयास भयो हुनाले एइमा भयाका केइ सामान्य सुधार गद्य पड्या कुरा औना दिनमा सुधार गरि आजि लै हमरम लोक वाङ्मयमाइ रयाका किस्सा खोजी इसेरी प्रयास गद्या बाटातिर लाग्या डोट्याली भाषा, साहित्य रे लोकसाहित्यका क्षेत्रमाइ भौत ठूलो योगदान हन्या कुरडि़माइ दुइमत नाइथिन । अन्त्यमाइ हमरि भाषा, साहित्य रे लोकसाहित्यमाइ कलम चुन्या कविराज भट्टकि कलम आजि अइतिर बड्डि रौ शुभकामना छ ।
.gif)