आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा आज हर्‍यालो हालिँदै


पश्चिम प्रेस
सोमबार, साउन १ २०८०
  • 782
    Shares

  • images
    images
    सुदूरपश्चिममा आज हर्‍यालो हालिँदै

    महेन्द्रनगर । सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्‍यालो हाल्ने चलन छ।

    हर्‍यालो हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझिन्छ। साउनको महिना देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्‍यालो हाल्ने गरिएको स्थानीय अगुवाहरुको भनाई छ। देवीदेवता शयन गर्ने भएकाले बालीनालीमा रोगव्याधि नलागोस् भनेर हर्‍यालो हाल्ने गरिन्छ, सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ।

    यस्तै, साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मिठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ। यसकासाथै असार महिनाभर हिलामा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउन सक्ने भएकाले जिउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ।

    गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ। त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ।

    साउन महिनालाई पवित्र महिना मानिन्छ। साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ। यससँगै साउनको महिनादेखि चाडपर्व सुरु भएको समेत मानिन्छ।

     


  • सम्बन्धित विषय:

  • # हर्‍यालो
  • प्रतिक्रिया दिनुहोस