महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका –१२ स्थीत ऐरीबाट वेवारिसे अवस्थामा रहेको काठ बरामद गरिएको छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गड्डाचौकीका ईन्चार्ज जिवन गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले खेतबारीमा बेवारीसे अवस्थामा रहेको ३०.२० क्यु फिट काठ बरामद गरेको हो । बरामद गरिएको अवैध काठ डिभिजन वा कार्यालय कञ्चनपुरमा बुझाएको प्रहरीले जनाएको छ ।
.gif)