आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

आजदेखी गड्डाचौकी नाका बन्द हुने


पश्चिम प्रेस
शुक्रबार, माघ २८ २०७८
  • 1.1K
    Shares

  • images
    images
    आजदेखी गड्डाचौकी नाका बन्द हुने

    महेन्द्रनगर । भारतसंग जोडिएका पश्चिमी सिमानाका चार दिनका लागि बन्द हुने भएका छन । भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसंग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साझ ६ बजेदेखी बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए ।
    उनका अनुसार माघ २८ गते साझ ६ बजेदेखी फागुन २ गते साझ ६ बजेसम्म नाका बन्द हुनेछ । त्यसैगरी बैतडीको झुलाघाट, दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगा लगायतका भारतसंग जोडिएका नाका बन्द हुनेछन । निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको हो ।


    प्रतिक्रिया दिनुहोस