महेन्द्रनगर । सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो । आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
.gif)