बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

लगातारको वर्षाले कलुवापुर बजार जलमग्न, व्यापार बन्द !


पश्चिम प्रेस
मंगलबार, साउन २३ २०८०
  • 586
    Shares

  • images
    images
    लगातारको वर्षाले कलुवापुर बजार जलमग्न, व्यापार बन्द !

    महेन्द्रनगर । लगातारको वर्षाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ को पूर्व पश्चिम राजमार्गमा पर्ने कलुवापुर बजार जलमग्न भएको छ ।

    भौतिक पूर्वाधारले बनाइ रहेको बेलौरी कलुवापुर सडक खण्डको बाटोमा भएका कलभर्ट नाली पुरिँदा बजार पुरै जलमग्न भएको हो । कलुवापुर बजार जलमग्न भएसँगै बजारको व्यापार बन्द भएको छ भने व्यापारी चिन्तित बनेका छन् ।

    व्यापारीहरुले पसलको समान खाट माथि राखी व्यापार गरी राखेका छन् । आफूहरू पटक पटक स्थानीय सरकार र सडक विभागलाइ भनेपनि कसैले पनि यसबारे ध्यान नदिएको व्यापारीको भनाई छ । 

    शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ हाल भएको परराष्ट्र मन्त्री नारायण प्रसाद साउद (एन.पी साउद)को निर्वाचित क्षेत्र हो । कञ्चनपुरले एउटा मात्रै मन्त्री पाएको मन्त्रीको नै क्षेत्र बेहाल भएको स्थानीय व्यापारीले गुनासो पोखेका छन् ।

    पूर्व पश्चिम राजमार्ग देखि दक्षण क्षेत्र जाने मुख्य बजार नै डुबानमा परेकोले बजार आवतजावत गर्ने स्थानीयले पनि सास्ती भोग्नु परेको छ ।
    स्थानीय व्यापारी र पूर्व पश्चिम राजमार्गमा आवतजावत गर्ने यात्रुहरुको लागि बनाएको सार्वजनिक शौचालयमा समेत पानी भरीपछि बजारमा फोहोर भरिँदै गइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # जलमग्न
  • प्रतिक्रिया दिनुहोस