मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

बैतडीमा छाउपडी गोठमा सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु


पश्चिम प्रेस
बुधबार, साउन २४ २०८०
  • 816
    Shares

  • images
    images
    बैतडीमा छाउपडी गोठमा सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

    बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीय अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।

    महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा उनलाई मंगलवार राति सर्पले टोकेको थियो। बुधवार बिहान उनको मृत्यु भएको हो। किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन् । सो ठाउँमा महिनावारी भएको बेला अधिकांश जसो महिला तथा किशोरीहरू गोठमै सुत्ने गरेको स्थानीयह्र बताउछन्।

    देवीदेवताको डरका कारण केही महिला तथा किशोरीहरू गोठमा सुत्ने गरेको स्थानजीयले बताए ।


  • सम्बन्धित विषय:

  • # सर्पको टोकाइ
  • प्रतिक्रिया दिनुहोस