बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये ३ जना कारागार चलान


पश्चिम प्रेस
बुधबार, साउन २४ २०८०
  • 794
    Shares

  • images
    images
    सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये ३ जना कारागार चलान

    दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना कारागार चलान भएका छन् । मङ्गलवार जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी गणेश विष्टले जानकारी दिएका छन्।

    करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका छन् । यस्तै अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    धरौटीमा रिहा हुनेमध्ये महाकाली–३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ माग गरिएको छ । यस्तै ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र कैलालीको गोदावरी नगरपालिका–३ कालीका टोलका ३४ वर्षीय शंकरकुमार भुलबाट जनही ५० हजार रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # कारागार चलान
  • प्रतिक्रिया दिनुहोस