बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कैलालीका ८ सय बढी बाढीपीडित परिवारको सडकमा वास


पश्चिम प्रेस
बिहीबार , साउन २५ २०८०
  • 619
    Shares

  • images
    images
    कैलालीका ८ सय बढी बाढीपीडित परिवारको सडकमा वास

    कैलाली । बाढीबाट कैलालीको भजनी नगरपालिकाका आठ सय ९९ परिवार विस्थापित भएका छन् ।

    तीन दिनदेखिको वर्षाले कान्द्रा, काँढा, पथरैया र मोहना नदीमा आएको बाढीले दुई हजार तीन सय ६७ परिवार प्रभावित हुँदा आठ सय ९९ परिवार विस्थापित भएर हुलाकी राजमार्ग, विद्यालय र सेफ हाउसमा पुगेका छन् ।

    भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीका अनुसार दुई हजार चार सय स्थानीय विस्थापित भएका हुन् । वडा नम्बर ५ का १५ घर बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको भजनी नगरपालिकाले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # बाढीपीडित परिवार
  • प्रतिक्रिया दिनुहोस