बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तस्राव भएर एक महिलाको मृत्यु


पश्चिम प्रेस
शुक्रबार, साउन २६ २०८०
  • 1.2K
    Shares

  • images
    images
    कैलालीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तस्राव भएर एक महिलाको मृत्यु

    कैलाली । कैलालीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तस्राव भएर एक महिलाको मृत्यु भएको छ ।

    बिहीबार जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिति थापाले श्रीमानसंगको सल्लाहमा धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी थिइन । उक्त गर्भपतन गराउने औषधि खाएपछि रक्तश्राव भएको र उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मूत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकका आफन्तले क्लिनिकले जथाभाबी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । मेरी स्टोपका सञ्चालन   गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

    जोशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस