आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

भगन्यौला


पश्चिम प्रेस
शनिबार, माघ २९ २०७८
  • 652
    Shares

  • images
    images
    भगन्यौला

    बाव्यो बाटी कुच्चो
    मैलो मन क्याले हो झाड्ड
    रातदिन सुच्चो

    मुङराले चुट्टु
    कोदाका सुकेका बाला
    ओखलैनी कुट्टु

    बस बस पौनौ
    सिनाइकी इथैले सेला
    खानाइ उथ लौनौ

    जोशी गण्णा गण्णा
    दिन भर भोकाका भोकाइ 
    पिजासका पण्णा

    राइबुङाका सैना
    बल्लुन लिवड़ भैछ
    एइ बर्खाका मैना

    लालझाड़िका केला
    हात्ती आइ मसड़काइ लैग्यो
    पाक्या पाक्या बेला

    पछ्याण हरानी
    जो मुखाइ रातदिन भण्या
    है मेरी परानी

    सिरौणामा फोला
    गर्वात उतिकी हन्छ
    लाग्या थोक्कै कोलो

    बल्ल गाईका पेट
    हल्यान बाजका रुख 
    कब होली भेट


    प्रतिक्रिया दिनुहोस