बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला


पश्चिम प्रेस
मंगलबार, साउन ३० २०८०
  • 794
    Shares

  • images
    images
    कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला

    महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका—३ , आई बि आर डी मा आज बिहान एक महिलाको शव फेला परेको छ ।

    पुनर्वास नगरपालिका आई बि आर डी बजार को राला चोक देखि दक्षिण जन कल्याण माध्यमिक विद्यालय जाने बाटोमा अन्दाजी २८ वर्षीय लक्ष्मी घर्ती मृत अवस्थामा भेटिएकी हुन् । हिजो (सोमवार) बेलुका ८ बजे तिर मृतक घर्ती मगर पुनर्वास नगरपालिका-५ मा मामाघर जान्छु भनेर घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ।

    मृत फेला परेको खबरपछि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको छ । यस घटनाको प्रकृति शङ्कास्पद रहेकाले घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक नरेश राज मल्लले बताए।

    अहिले शवको मुचुल्का गरी पोस्टमार्टम का लागि कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ भने पोस्टमार्टम को रिपोर्ट र घटनाबारे मुचुल्का हेरी अनुसन्धान प्रक्रिया अगाडि बढ्ने इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक मल्लले जानकारी दिए।

    मृतक लक्ष्मी घर्ती विगत केही वर्ष देखि ५ वर्षीय छोरा का साथ दुवै आमा छोरा माइती घर मै बस्दै आएकी थिइन ।


  • सम्बन्धित विषय:

  • # मृत फेला
  • प्रतिक्रिया दिनुहोस