काठमाडौं । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । शनिबार र आइतबार देशका केही स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।शनिबार राति र आइतबार दिउँसो प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार दिउँसो प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । शनिबार राती प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ ।
.gif)