मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

समाज र राजनीतिमा परिवर्तन र पारदर्शिता


आइतबार, फागुन १ २०७८
  • 1.6K
    Shares

  • images
    images
    समाज र राजनीतिमा परिवर्तन र पारदर्शिता

    समाजमा चेतना र समय दुवै गतिशील हुन्छन् । राजनीतिले त्यो गतिलाई समात्नु पर्छ या समात्न सिकाउनु पर्छ । त्यति मात्र होइन, कहिले काहीँ राजनीतिले समाजलाई अझ धेरै गतिशील, उन्नत पनि बनाउनु पर्छ । त्यसकारण भनिन्छ, ‘राजनीतिको चेतना र गति बेजोड हुनुपर्छ  तर जब थाकेका नेताहरू राजनीतिमा बुर्कुसी मार्छन, तब के हुन्छ त ? समयभन्दा पछाडि हिँड्ने नेतृत्वको प्रयोजन हुँदैन या त उनीहरूको उपादेयता सकिन्छ या विश्राम अनिवार्य बन्छ, अन्यथा समाजले नेतृत्व गुमाउँछ । त्यसैले नै राजनीतिमा पुस्ता हस्तान्तरण एउटा स्वच्छ र गतिशील परिघटना हो । गतिशील बाटाहरु स्वाभाविक र स्वैच्छिक, हस्तक्षेप र दवाब अनि बृहत्तर ध्रुवीकरण पनि हुन् तर यी सबैमा अहिलेका संत्ताधारी र पुराना आफूलाई समाजवादी भन्ने शक्तिहरु असफल भैसकेका पक्कै हुन् । केही नभए पनि दुईटा बाटा पार्टी भित्रैबाट स्वचालित हुनुपर्छ । एउटा, पुराना नेताहरूले आफ्नो प्रयोजन सकिएको बोध गर्नु र नयाँ पुस्तालाई बाटो छोडिदिनु पुस्ता हस्तान्तरणको एउटा स्वाभाविक प्रक्रिया हो, के यो भैरहेको छ ? दोस्रो जब यी कोठे ब्वासाहरू यो प्रक्रियामा जान निरुत्साहित हुन्छन्, युवाहरुले चाकडी, चाप्लुसी गरेर बस्ने हैन्, बाटो बद्लिदै हिड्ने हो चाहे पहिला त्यही पार्टीमा हुन या अन्य पार्टीमा तर आफ्नो सकारात्मक बाटो चाहीँ निरन्तर हुनै पर्छ । अन्यथा यो मायाजालले राजनीतिमा नत बैकल्पिक भनेर उफ्रिएर राजनीति हुन्छ, न त गोरुगाडा चढेर चन्द्रमा पुगिन्छ, न डोजरमा चढेर रेलको तिर्सना नै मेटाउन सकिन्छ, हैन र ? गलत राजनीति कै कारण समाज बिग्रदै गएको छ, यी सबै खाले विकृति विसंगति र संस्कार बदल्ने क्षमता अहिलेका नव युवाहरुमा हुनु पर्दछ अहिलेको समाज र राजनीतिले त भाइ–भाइ मिल्नु हुदैन भन्छ, मान्छेले  मान्छेलाई अगाडी बढ्न दिनु हुदैन भन्छ, मान्छे समाज र सत्य भन्दा अपराध  ठूलो भएको यहि समाजमा देखि रहेको छौ तर पनि अहिलेको होनहार युवा पुस्ता थकित र चुप्प लागेर बसेको देखिन्छ । खै किन होला ?


    राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु प्रत्यक्ष प्रणालीबाट चुनिनु पर्छ, ब्यालेट पेपरमा  नो भोट थपिनु पर्छ । संसदहरु मन्त्री हुने प्रणाली हटाउनु पर्छ (प्रत्येक बिषय विज्ञहरु मात्र मन्त्री हुने प्रणाली हुनु पर्दछ, जस्तै कृषिमा कृषि विज्ञ मात्र कृषि मन्त्री हुने) तर संसदहरु भने नीति नियम र कानुन बनाएर कार्यन्वयन गर्ने गराउने र देशलाइ ठूलो योगदान दिई घर फर्कने प्रणाली हुनु पर्दछ । कृषि योग्य जमिन सबै सरकारले आफ्नो मातहतमा लिएर व्यवस्थित गर्नु पर्दछ । शिक्षा, स्वास्थ्य, बिमा, आवास र रोजगारीको सरकारले पूर्ण जिम्मेवारी लिनुपर्छ । राईट टु रिजेक्ट, राईट टु रिकल प्रणाली हुनु पर्छ । रोजगारीको लागि विदेशीएका युवाहरुले पनि विदेशबाटै भोट हाल्न सक्ने प्रविधिको विकास गर्नु पर्छ । 
    पुराना प्रत्येक ऐतिहासिक  परिवर्तनको हृदयदेखि नै सम्मान गर्दै अझ यो भन्दा पनि राम्रो परिवर्तन गर्ने र हेर्ने हो भने सकारात्मकता तिर मन, मत र बाटो बदल्नु नै पर्दछ भन्ने लागिरहेको छ । 

     




    प्रतिक्रिया दिनुहोस