कैलाली । धनगढीमा जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेकी छिन् ।
कुँवरको गएराति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। उपमहानगर ३ स्थित होल्डिङ सेन्टर नजिकै थापेको विद्युतीय धरापमा परेर स्थानीय मन्जु कुंवरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले विद्युतीय धराप थाप्ने स्थानीय जंगलीया चौधरीलाई पक्राउ गरिएको बताएका छन् ।
पक्राउ परेका चौधरीले जंगली जनावरलाई लक्षित गरेर धराप थापेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बस्यालले घटनाका विषयमा थप अनुसन्धान भइरको बताए ।
.gif)