आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गर्यो १२ बुदे आदेश


पश्चिम प्रेस
आइतबार, फागुन १ २०७८
  • 1.2K
    Shares

  • images
    images
    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गर्यो १२ बुदे आदेश

    महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले १२ वुदे आदेश जारी गरेको छ । कोरोनाको संक्रमण दर घटेपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आदेश जारी गरेको छ । आदेशमा पार्टी प्यालेस, विद्यालय, ट्युसन सेन्टर, सिनेमा हल, हेल्थ क्लब, खेलकुद, सार्वजनिक स्थलहरुमा गरिने कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आदेश दिएको छ । 
    सरकारी, निजी स्वास्थ्य संस्थाहरु र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड–१९ उपचार तथा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउन मिल्ने गरी तयारी अवस्थामा राख्नुपर्नेछ ।  सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क नलगाउनेलाई प्रवेश गर्न नदिने प्रशासनको आदेशमा उल्लेख छ । यसैगरी, औषधीलगायत अतिआवश्यक सामान, खाद्यान्न र दैनिक उपभोग्य वस्तु तथा सेवाको कृत्रिम अभाव सृजना गर्ने, मूल्य बृद्धि गर्नेलाई कारबाही गरिने प्रशासनले जनाएको छ ।

    Copy of rubasne (35).png


    प्रतिक्रिया दिनुहोस