बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

अछाममा चितुवा आतङ्क: तीन जना घाइते


पश्चिम प्रेस
सोमबार, भदौ २५ २०८०
  • 676
    Shares

  • images
    images
    अछाममा चितुवा आतङ्क:  तीन जना घाइते

    अछाम । अछाममा मानिस र घरपालुवा पशुमा चितुवाले आक्रमण गर्न थालेपछि आतंक फैलिएको छ । 

    जिल्लाको रामारोशन गाउँपालिका –६ भटाकाटियामा तीन जना मानिस र दर्जनौ घरलु पशुलाई आक्रमण गरेको स्थानीयले जानकारी दिए। एक महिला र दुई पुरुषलाई आक्रमण गरेर चितुवाले शनिबार घाइते बनाएको छ ।

    भटाकाटियाको परिवन निवासी ३८ वर्षीय जगतबहादुर साउद, ३३ वर्षीय सूर्यबहादुर साउद र ३५ वर्षीया हैकला साउदलाई चितुवाले घाइते बनाएको हो । जगतबहादुरको निधार, सूर्यबहादुरको आँखा र हैकलाको कुमपातामा चोट लागेको स्थानीयले जानकारी दिए। 

    सूर्यबहादुर र जगतबहादुर स्थानीय चिया पसलमा बसिरहेको बेलामा आक्रमण गरेको हो भने हैकलालाई गोठछाना नजिक घाँस काटिरहेको बेलामा चितुवाले आक्रमण गरेको थियो । 

    भटाकाटियाका गाउँमा पसेको चितुवाले रोल्ते, नाइतोला, परिवन, भैरीलगायत गाउँका घरपालुवा पशु मार्ने र मानिसलाई आक्रमण गर्न थालेको छ । आइतबार मात्र रोल्ते टोलका प्रसादे साउदका दुई बाख्रा, नाइतोला जहरे साउदका दुई गाई र एक बाख्रा, रोल्ते टोलका भेरी खनालको एक बाख्रा मारेको स्थानीय वीरेन्द्र साउदले जानकारी दिए। 

    यसअघि पदमादेवी साउदका दुई गाई, भरत साउदको एक पाडोसमेत मारेको स्थानीयको भनाइ छ । गाउँमा पसेर चितुवाले स्थानीयलाई आक्रमण र पशु मार्न थालेपछि स्थानीय चिन्तित भएका छन् । चितुवा जंगलमा नगएर गाउँकै मकैबारीमा बस्न थालेपछि स्थानीय डरले त्रसित भएका छन् । 

    तीन जना व्यक्तिलाई घाइते बनाएको खबर आएपपछि चितुवाको व्यवस्थापनका लागि आफूले प्रहरी परिचालन गरेको अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए। भटाकाटिया र सुतार क्षेत्रका ५० भन्दा बढी गाई, गोरु, बाख्रालाई चितुवाले मारिसकेको स्थानीयको भनाइ छ । 


  • सम्बन्धित विषय:

  • # चितुवा आतङ्क
  • प्रतिक्रिया दिनुहोस