सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

मानसखण्ड फाउण्डेसनले मनायो १५८ औँ मोती जयन्ती : युवा गजलकार भट्ट र रिजाल सम्मानित


पश्चिम प्रेस
बिहीबार , भदौ २८ २०८०
  • 983
    Shares

  • images
    images
    मानसखण्ड फाउण्डेसनले मनायो १५८ औँ मोती जयन्ती : युवा गजलकार भट्ट र रिजाल सम्मानित

    महेन्द्रनगर । मानसखण्ड फाउण्डेसनले १५८ औँ मोती जयन्ती स्रष्टा सम्मान र रचना वाचन गरी मनाएको छ । रेडियो शुक्लाफाँटा एफ एमको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा युवा गजलकार धर्मानन्द भट्ट र गंगाप्रसाद रिजाललाई सम्मान गरिएको छ ।

    फाउण्डेसनका उपाध्यक्ष राकेश बहादुर चन्दको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट साहित्यकार पञ्चमराज भट्टले प्रमुख आथित्यता ग्रहण गरेका थिए । कार्यक्रमको उद्घाटन अघि संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिनुका साथै साहित्यकार प्रेमसिंह धामीप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

    कार्यक्रममा मानसखण्ड फाउण्डेसनका सचिव हेमबाबु लेखकले स्वागत मन्तव्यका साथै कार्यक्रमबारे संक्षिप्त जानकारी राखेका थिए भने  साहित्यकार जगदीश ओझाले युवाकवि मोतिराम भट्ट तथा प्रेमसिंह धामीको व्यक्तित्व र कृतित्वका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा बालबालिका देखि युवा तथा अग्रज पुस्ताकाका तिन दर्जन बढी कवि गजलकारहरुले रचनावाचन गरेका थिए । 


  • सम्बन्धित विषय:

  • # मोती जयन्ती
  • प्रतिक्रिया दिनुहोस