मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

डोटीमा घुससहित वन अधिकृत पक्राउ


पश्चिम प्रेस
शुक्रबार, भदौ २९ २०८०
  • 815
    Shares

  • images
    images
    डोटीमा घुससहित वन अधिकृत पक्राउ

    डोटी । डोटीमा घुससहित वन अधिकृत पक्राउ परेका छन् । पाँच हजार नगद घुससहित जोरायल वन सवडिभिजन कार्यालय डोटीका वन अधिकृत भक्तराज गिरी बिहीबार पक्राउ परेका हुन् ।

    जोरायल गाउँपालिका-२ बुडरका गणेश भण्डारीलाई दाउराको छुटपुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरुले वन अधिकृत गिरीलाई रंगेहात नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बुडरमा बुझाएका हुन् ।

    आवादी जमिनको दाउराका लागि छुटपुर्जी दिन घुस माग्न थालेपछि भ्रष्ट वन अधिकृतलाई प्रमाणसहित पक्राउ गरेको भण्डारीले बताएका छन् ।

    इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउदले वन अधिकृत गिरीसहित दुवै पक्ष प्रहरी कार्यालयमा छलफल गरिरहेको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको पनि बताए ।

    सुरुमा वन अधिकृत गिरीले छुटपुर्जीका लागि १० हजार रुपैयाँ नगद मागेको भण्डारीको आरोप छ ।

    वन अधिकृत गिरीले भने उक्त घटना सम्बन्धमा प्रहरी कार्यालयमा छलफलमै रहेकाले पछि मात्र प्रतिक्रिया दिने बताए ।


  • सम्बन्धित विषय:

  • # वन अधिकृत पक्राउ
  • प्रतिक्रिया दिनुहोस