सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

‘दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह समयमै बन्छ’: राजदूत श्रीवास्तव


पश्चिम प्रेस
मंगलबार, असोज २ २०८०
  • 745
    Shares

  • images
    images
    ‘दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह समयमै बन्छ’: राजदूत श्रीवास्तव

    महेन्द्रनगर ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बन्ने सुक्खा बन्दरगाह बनाउन भारतको सहयोग रहने बताएका छन् । 

    सोमबार बिहान दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदूत श्रीवास्तले समयमै बन्ने विश्वास व्यक्त गरेका छन । राजदूत श्रीवास्तवले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै उक्त सुक्खा बन्दरगाह निर्माण भए दुवै देशलाई फाइदा हुने बताए ।

    पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणको कार्यविधि बनिसकेकाले काम शीघ्र हुने बताए ।कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले नेपाल–भारत दुवै देशको व्यापार वृद्धिका लागि सुक्खा बन्दरगाह बनाउन आवश्यक रहेको बताए । 

    लेखकले अब दोधारा–चाँदनीको सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढिसकेको बताए । दोधारा–चाँदनी नगरका मेयर किशोर लिम्बूले समयमै सुक्खा बन्दरगाह निर्माण गराउन केन्द्रीय सरकार गम्भीर हुनुपर्ने बताए ।

    महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेका वेला बन्दरगाह निर्माण कार्यसमेत शीघ्र गर्नुपर्नेमा जोड दिए 


  • सम्बन्धित विषय:

  • # सुक्खा बन्दरगाह
  • प्रतिक्रिया दिनुहोस