मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

हात बाँधिएको अवस्थामा उखुबारीभित्र भेटिए १४ महिने बालक


पश्चिम प्रेस
शुक्रबार, असोज ५ २०८०
  • 3.7K
    Shares

  • images
    images
    हात बाँधिएको अवस्थामा उखुबारीभित्र भेटिए १४ महिने बालक

    महेन्द्रनगर ।  कञ्चनपुरमा एक बालक हात बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालक हात बाधिएको अवस्थामा भेटिएका हुन् ।

    स्थानीयका अनुसार  दुवै हात बाँधेको अवस्थामा बालिका भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। सडक छेउकै उखुबारीमा भेटिएकी बालिकासँगै खेलौना थियो।

    उद्धार गरेर प्रहरीले अहिले उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकी लगेको छ। 

    बच्चा कसले किन छाडेको भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले बताए।

    उनका अनुसार बालिकाको अभिभावकको खोजी भइरहेको छ।


  • सम्बन्धित विषय:

  • # हात बाँधिएको अवस्था
  • प्रतिक्रिया दिनुहोस