सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

बझाङमा खुकुरी प्रहार गरी जैलुको हत्या


पश्चिम प्रेस
शनिबार, असोज ६ २०८०
  • 1.2K
    Shares

  • images
    images
    बझाङमा खुकुरी प्रहार गरी जैलुको हत्या

    बझाङ । बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

    सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर शुक्रवार साँझ खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्या गरी बिजुली फरार रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले जानकारी दिए । 

    हत्या गरी फरार रहेका आरोपीको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताएका छन् ।


  • सम्बन्धित विषय:

  • # खुकुरी प्रहार
  • # हत्या
  • प्रतिक्रिया दिनुहोस