सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

धनगढीका १ सय ९० वृद्धवृद्धा मुक्तिनाथ यात्रामा


पश्चिम प्रेस
सोमबार, असोज ८ २०८०
  • 796
    Shares

  • images
    images
    धनगढीका १ सय ९० वृद्धवृद्धा मुक्तिनाथ यात्रामा

    धनगढी ।  धनगढी उपमहानगरपालिकाले १ सय ९० जना जेष्ठ नागरिकलाई मुक्तिनाथ धामको यात्रामा पठाएको छ । यात्राका सहभागीलाई उपमहानगरपालिका कार्यालय प्रांगणबाट आइतबार दिउँसो पञ्चेबाजा बजाएर बिदाइ गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमअनुसार १९ वटै वडाबाट छनोट गरेर धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थाटनमा पठाएको हो । 

    उपमहानगरका १९ वटै वडाबाट ९/९ जना वृद्धवृद्धा, चालु वर्ष अवकाश हुन लागेका नगरपालिका कर्मचारी, समाजमा योगदान पुर्‍याएका जेष्ठ नागरिकलाई मुक्तिनाथ धार्मिक यात्रामा सहभागी गराइएको छ ।

    उनिहरूलाई हिजो (आइतवार) एक कार्यक्रमबीच नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानाले बिदाइ गरेका हुन् । साथै, ज्येष्ठ नागरिकलाई लौरो पनि प्रदान गरिएको छ । 


    स्थानीय तहले सम्मानस्वरुप ज्येष्ठ नागरिकलाई तीर्थ यात्रामा पठाएको नगर प्रमुख हमालले बताए। उनिहरूलाई बिदाइ गर्दै उनले यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए। 

    “यसले जीवनको उत्तरार्धमा स्थानीय सरकार साथमा रहेको र सम्मान गरेको ज्येष्ठ नागरिकलाई महसुस हुनेछ” नगर प्रमुख हमालले भने, “धार्मिक पर्यटन विकासमा टेवा पनि यस अभियानले पुग्नेछ ।”

    ज्येष्ठ नागरिकहरुले एक हप्तासम्म मुक्तिनाथ धामको साथै कागबेनी, पोखरा, देवघाट, नवलपरासीको कैवल्यधामको भ्रमण गर्ने जनाइएको छ । उनिहरूको साथमा स्वास्थ्यकर्मीसमेत पठाइएको प्रमुख हमालले बताए।  


  • सम्बन्धित विषय:

  • # वृद्धवृद्धा मुक्तिनाथ यात्रामा
  • प्रतिक्रिया दिनुहोस