आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने


पश्चिम प्रेस
मंगलबार, फागुन ३ २०७८
  • 855
    Shares

  • images
    images
    न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने

    महेन्द्रनगर । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने भएको छ ।
    पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने भएको हो । मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको पारिश्रमिक निर्धारण समितिलाई पत्र पठाएर खारेज गर्न निर्देशन दिएको हो ।
    १९ मंसिरमा पठाएको पत्रअनुसार चैत मसान्तभित्र खारेज हुने निर्धारण समितिको सम्पूर्ण जायजेथा सूचना तथा प्रसारण विभागलाई हस्तान्तरण गर्न पनि निर्देशनमा उल्लेख गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस