महेन्द्रनगर । प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ। डडेल्धुरामा मादक पदार्थ सेवनपछि पछि विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको हो । सिजापतिको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल, आलीताल गाउँपालिका–८ बस्ने १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर विक छन ।
.gif)