आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

खुला मञ्चमा स्थानीय भाषामा रामलीला


पश्चिम प्रेस
बिहीबार , कात्तिक १६ २०८०
  • 1.2K
    Shares

  • images
    images
    खुला मञ्चमा स्थानीय भाषामा रामलीला

    महेन्द्रनगर ।  महेन्द्रनगर स्थित खुला मञ्चमा रामलीला मञ्चन भइरहेको छ । 
    २०७२ सालदेखि निरन्तर रुपमा रामलीला समिति कञ्चनपुरले रामलीला सञ्चालन गर्दै आएको छ ।
      आदर्श पुरुषोत्तम भगवान रामचन्द्र जस्तै चारित्रिक समाजको परिकल्पना अनुरुप हरेक वर्ष रामलीला आयोजना गरिने रामलीला समितिले जनाएको छ । रामलीला समितिका अध्यक्ष अध्यक्ष चन्दले पछिल्ला दिनहरुमा समाजमा विकृति विसङगती बढिरहेका बेला आर्दश रामको चरित्र जस्तै समाज बनाउने उद्देश्यले रामलीला आयोजना गरिएको बताए ।
    करिब दुई महिना अघिदेखि लक्ष्मीनारायण मन्दिरको सभाकक्षमा रामलीला निर्देशक भुपेन्द्र विष्ट, नारायण भट्ट लगायतका उस्ताजहरुले पात्रहरुलाई तालिम दिएका थिए । तालिम समाप्त भएपछि मिति २०८० कार्तिक ११ गते गणेश पूजन गरी रामलीला मञ्चन आरम्भ गरिएको हो । 
    अवधि भाषामा हुँदै आइरहेको रामलीलालाई डोट्याली तथा नेपाली भाषामा अनुवाद गरेर विगत चारपाँच वर्ष यता मौलिक रामलीला सञ्चालन हुँदै आइरहेको रामलीला समितिका अध्यक्षले बताए । उनले सुरुका वर्ष केही संवाद र संगीतलाई नेपाली र डोट्याली भाषामा प्रस्तुत गरिएपछि स्थानीय भाषामै पुरै रामलीला हुनुपर्छ भन्ने माग आउन थालेपछि पुरै रामलीलाका संवाद र संगीतलाई नेपाली र डोट्याली भाषामा अनुवाद गरिएको हो । 
    यसै आवश्यकतालाई मध्यनजर गरी नेपाली तथा डोट्याली भाषाको रामलीला पुस्तक समेत रामलीला समितिले यस वर्षको रामलीला अवधिभित्रै प्रकाशन गर्न लागेको बताउनुभयो । यस बाहेक यस क्षेत्रको भाषा, कला, साहित्य, संस्कृति तथा पर्यटनको विकास गर्न र रामायणसँग सम्बन्धित विषयवस्तुको अध्ययन गर्न यस क्षेत्रका विद्वान लेखकहरुबाट लेख संकलन गरी वार्षिक मुखपत्रका रुपमा रामलीला मञ्जरी समेत प्रकाशन गर्दै आइरहेको छ । 
    सुदूरपश्चिममा पहिलो चोटी बैतडीको नकतडीमा सर्वप्रथम भारतीय उस्ताज बुँलाकी रामले भारतबाटै कलाकार समेत मगाएर अवधि भाषाबाट रामलीला मञ्चन सुरुवात भएपछि यस क्षेत्रका विद्वान कलाकारहरुले पनि त्यही रामलीलालाई विभिन्न ठाउँमा मञ्चन गराएर निरन्तरता दिदै आइरहेका थिए । समयको गतिसँगै दर्शक स्रोताहरुको नेपाली तथा स्थानीय भाषामा माग बढ्न थालेपछि रामलीला समिति कञ्चनपुरले स्थानीय भाषामा रामलीला मञ्चन सुरु गरेको हो । 


  • सम्बन्धित विषय:

  • # रामलीला
  • प्रतिक्रिया दिनुहोस