सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

मालिकार्जुन जात्रामा भक्तजनको घुइँचो


पश्चिम प्रेस
आइतबार, मंसिर १० २०८०
  • 702
    Shares

  • images
    images
    मालिकार्जुन जात्रामा भक्तजनको घुइँचो

    दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका –३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज (आइतवार) जात्रा सुरुभएको छ । 

    देशकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाममा हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन लाग्ने जात्रामा श्रद्धालु भक्तजन र दर्शकको ठूलो भिड हुनेगरेको छ । पूजाआजासँगै विभिन्न सांस्कृतिक गतिविधि र मनोरञ्जनका लागि प्रसिद्ध मालिकार्जुन जात्रा भाराण लगेपछि दिउँसोदेखि नै सुरु हुनेगरेको छ ।

    जात्रा अवधिभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिएको छ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई दृष्टिगत गर्दै प्रहरीले पसलहरुमा खोजतलास, निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने र सेवन तथा बिक्री गरेको पाइएमा पक्राउ गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले बताउनुभयो । जात्रालाई शान्तिपूर्ण बनाउन करिब दुई सय सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । 

    यसैगरी जात्राको लागि दार्चुलाका दुई स्थानीय तहमा दुई दिन स्थानीय बिदा दिइएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले मङ्सिर १० गते आइतबार र ११ गते सोमबार बिदा दिएको सम्बन्धित स्थानीय तहले सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् । 

    भाइटीका तथा द्वितीया तीथिबाट सुरु भएका जात्राको क्रममा मङ्सिर ५ गते लेकमको प्रसिद्ध जयपुर जात्रा र ९ गते शिखर धुरामा पूजनजात्रा सम्पन्न भइसकेको छ । लेकम क्षेत्रमा पूर्णिमासम्म विभिन्न शक्तिपीठमा दैनिकजसो जात्रा लागिरहेका छन् । 


  • सम्बन्धित विषय:

  • # मालिकार्जुन जात्रा
  • प्रतिक्रिया दिनुहोस