काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य थप बढेको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्य सूची पठाएको हो । आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।आईओसीबाट मूल्य बढेर आएको भए पनि तत्काल नेपालमा मूल्य बढ्ने नबढ्ने निगमले खुलाएको छैन।
.gif)