बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

बाजुरामा भीरबाट खसेको ढुङ्गा लागेर महिलाको मृत्यु


पश्चिम प्रेस
बिहीबार , मंसिर २१ २०८०
  • 470
    Shares

  • images
    images
    बाजुरामा भीरबाट खसेको ढुङ्गा लागेर महिलाको मृत्यु

    बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । 

    गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए। 

    घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी हुन् । भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए। 


  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस