मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद


पश्चिम प्रेस
सोमबार, मंसिर २५ २०८०
  • 638
    Shares

  • images
    images
    कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

    महेन्द्रनगर । कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।

    जिल्लाको पुनर्वास नगरपालिका-११ डोकेबजार स्थित गुम्बा नजिकैबाट आइतबार साँझतिर अवैध भन्सार छलीका सामान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी गस्ती टोलीले अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी २० हजार मूल्य बराबरको सवारी साधनमा प्रयोग गरिने इन्जिन आयल बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

    बरामद गरेको उक्त सामान प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो ।


  • सम्बन्धित विषय:

  • # भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस