महेन्द्रनगर । कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका—२ ट्राफिक चौराहाबाट सोमबार अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य ४४ हजार २ सय २० बराबरको चिनी, नरिवल, मिठाई, ललिपप लगायतका सामान बरामद गरिएको छ ।
साथै सोही जिल्लाको भजनी नगरपालिका—३ काँडा स्थित अन्दाजी १० हजार ९ सय २० बराबरको सुर्ती, गुट्खा, बिडी लगायतका सामान सोमबार बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका—११ डोके बजार स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार ४ सय मूल्य बराबरको सुपारी, प्लास्टिक, बदाम, सुर्ती लगायतका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
बरामद गरेका उक्त सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
.gif)