महेन्द्रनगर । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा अभिनेता पल शाह (पूर्णविक्रम शाह)को ब्रासलेट हराएको छ । महोत्सवमा शनिबार प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो ।
स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ। फ्यानसँग हात मिलाउने सिलसिलामा ब्रासलेट झरेको हुन सक्ने महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताएका छन् । ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनी अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए।
उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सव गत मंसिर २२ देखि नियमित चलिरहेको छ । पुस २ गतेसम्म चल्ने भनेर आयोजना भएको महोत्सव तीन दिन थप गरिएको छ ।
.gif)