पिथौरागढ । भारत - नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ।
भारतको पिथौरागढमा आयोजीत काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका निवर्तमान मुख्य मन्त्री राजेन्द्र सिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह एकलव्यको देशमा, कवि गणेश नेपालीको गजल संग्रह एकलव्य र गीतकार कृष्ण सिंह पेलाको मुक्तक सङ्ग्रह फूलको प्रहार विमोचन गरेका हुन । ।
कृति विमोचन गर्दै उनले दुई देश बिच पुरानो सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहेको बताए ।



.gif)